Tuesday, August 2, 2016

प्रजात्रान्त्रिक पद्दती र सस्थागत बीकास एस्तो पो देख्छ भैरे ?

कोइरालाको र पार्टीहरुको दवाब मुलक शासनले नेपालीहरुको Sovereignty ले स्थान पाएन ! सस्थागत बीकास फुल्न र फल्न पाएन ! यो पुर्डतया Rational egoism, Psychological Egoism र Ethical egoism ( बेक्तिका चाहना, चाख, स्वाद )मा फस्न पुग्यो ! यो बेक्ती प्रसन्सा, बेक्ती खुशी , बेक्ती को चाखमा शासन चल्न थाल्यो नाम पार्टी भनेपनि – भनिये पनि !
ऐले पनि तेही छ, आफ्ना खुशी सेर बहादुरले प्रम फेर्ने प्रयास तेसैको अभ्यास हो ! पार्टी भित्र पद्दतिको बीकास छैन ! ऐले झलनाथ र मादपको घुर्क्याइ र ओलिको अहमपन् प्रस्ट देखिन्छ ! यो मोरल Scale, Norms र Values कुल्चिने बाहेक अरु पार्टीगत प्रजात्रन्त्रिकरनमा सुन्य प्राय देखीन्छ !
माओवादी केन्द्र भित्र: यो ५९९ जनाको केन्द्रिय समीती कमारा कमारिको झुन्ड हो कि पार्टी भित्र प्रजात्रान्त्रिक अभ्यास हो ? वा प्रचन्ड र सिमीत बेक्तिहरुको चाख (Rational egoism-Selfishness) हो !केहाने र क्रास्नेर भन्छन, जब मान्छे सक्ती हातमा लीन र नफुत्कियोस भन्ने चाहना राख्दछ, उ समस्याहरुको पहाड खडा गरिदिन्छ र लम्ब्याइदिन्छ !
अब, यि मन्त्री हुने दाउमा नेपाली कोङ्रेशका सभासद र मालदार ठाउँको लोभमा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु सिनोमा झिङा भुन्भुनाये जस्तो भुन्भुनाइ रहनेछन ! प्रस्ट देख्नु हुनेछ ! एस्तो खाले सस्थागत बीकासले सक्ती नै सर्बोपरी ठान्द्छ; तेसैलाई केन्द्र बिन्दुमा राखी बिभिन्न नैतीक – अनैतीक हथकन्डा अपनाउद्छ ( जुन समाजलाई मान्य होस् या नहोस् )!
पार्टी पद्दती भित्र सभागीता, पारदर्सीता, बिधी र बिधान र सस्थागत बीकासलाई प्राथमिकतामा राखिदैन ! नेपालका पार्टीहरुको दुर्दशा, अध्यारा दिन गन्ती सुरु भएका छन ! समयमै चेतना भया !
१६ जेष्ठ २०७३

No comments: