Tuesday, August 2, 2016

यो दृष्‍टि आवश्यकता हो कि होइन ?

यो प्रबुद्द व्यक्ति समुह अध्ययन गरेर हालसम्म भएका सन्धि र सम्झौता बारे भएका, गरेका, ब्यबहारिक समस्या, त्रुटी, फाईदा तथा बेफाईदा, अब के कसो गर्दा हुन्छ फाईदा वा बेफाईदा हुन्छ भन्ने बारेमा आदी आद्योपान्त केस्रा केस्रा केलाउने र साथै दुबै देशलाई फाईदा पुग्ने गरी Win-Win अर्थात् दुवै पक्षको जितमा र Zero sum सुन्य शारांसका आधार भित्र रहेर बिकल्पहरु १, २, ३, ४ नीकाली दिने टोली हो ! मुलत: दुबै देशका सरखारले मानेका गैर सरकारी अध्ययन टोली हो ।
मुलत: पहिलो काम सन्धि र सम्झौता के हो, अनी औपचारिक र अनौपचारिक के कस्ता सन्धि र सम्झौता भारतसँग गरियो जुन अन्तरराष्ट्रिय कानुन भित्र रहेर गरियो वा सक्तिको लागि सासकले गर्‍यो त्यो सम्बन्धमा खुट्याउनु आजको आवश्यकता देखिन्छ ।  प्रथमत: नेपाली टोलिले ठुलो राज्यबाट आएको टोली नेताको बौद्धिकता, क्षेमता, दक्ष्यता अनि उस्को उदेश्य र Way of Thinking  अर्थात सोचाईको मार्ग जान्नु हामीलाई अत्याबस्यक पर्दछ ।
मै मात्र बाठो हुँ भन्ने बौद्धिकतालाई लडाउन बिषय बस्तु सम्बन्धी रुपरेखा तयार गरी आधारभुत अध्ययन र प्रत्येकको प्रमाणसहीत SWOT बिश्लेष्णनै हो । सन १८१६ को सुगौली सन्धि देखी सन १९५० हुँदै आज सम्म्म भएका, गरेका प्रत्यक्ष तथा अप्रत्यक्ष राजनैतीक अनि आर्थीक सन्धिहरुका आधारभुत धरातल र SWOT गर्न त्यति सजिलो छैन । इतीहासका अकाट्य प्रमाणहरुमा टेकेर गर्ने काम सजिलो होइन । त्यो अध्ययन गरिएको बिषय सारिएका बीकल्पहरु पारदर्सी हुन पर्दछ किनकी त्यो सिधा नेपाली जनता सँग सरोकार राख्ने बिषयबस्तु हो ।
बायां डा.भेष बहादुर थापा, दायाँ निलाम्बर आचार्य
 डा.भेष बहादुर थापा,                           निलाम्बर आचार्य
डा.भेष बहादुर थापा र निलाम्बर आचार्यहरुलाई Time Framing र Space Framing भित्र रहेर, पाइनसक्ने सम्म बिग्यहरु र श्रोतब्यक्तिहरु खोजेर सानो सानो अध्ययन टोली बनाएर यो गर्न लगाउने, संकलन गर्ने आदी इत्यादी आग्रह गर्दछु ।  राज्यको चौथो अंगले दायीत्व पुरागर्न सक्छ भने यि सन्धि सम्झौता बारे अध्ययनको लागि सकारात्मक दिशा दिने कार्य गर्न सक्दछ ।  यो पंक्तिकार देख्दैछ यो अध्ययन टोलीलाई पत्रीकाहरुले पनि राजनैतीक हिलो छ्यापा छ्यापमा घिसारेको हिजै पढिसके ।  भारत तर्फका टोली प्रमुख भगत सिङ कोशीयारी काँचो खेलाडी छैनन ।
भगत शिह कोसियारी
भगत शिह कोसियारी
जुन १७ , १९४२ मा मोतिमा देबीका कोखबाट जन्मिएका भगत शिंह त्यहि समयमा अङ्रेजीमा MA गरेका छन । उनी पत्रकारिता देखि शिक्षक पेसा सम्म अंगाली सकेका सिर्जनसिल अबीबाहित ब्यक्ति हुन भने यो बिचमा भएका इतीहासका स्रोत व्यक्ति समेत हुन तसर्थ, आधारभुत भुमी नखोजी भेष बहादुर थापा र नीलाम्बर आचार्यलाई सुखै छैन ।
यो पंक्तिकार SWOT बिस्लेसन गर्ने अध्ययन टोली बनाइ (आर्थिक पैसोले अध्ययन गर्न चाहियो भनेर पैसो चाहिये सरखारसँग माग्ने), श्रोत ब्यक्तिहरु, अधीकारीक दस्ताबेजहरु, सिमाना रहेका क्षेत्रहरु र त्याहां भएका  श्रोत बेक्तीहरुसँग अध्ययनका बीभिन्न Method प्रयोग गरी अगी बढ्न डा. भेष बहादुर थापा र निलाम्बर आचार्यलाई यो सुझाब दिन चाहन्छ किनभने भोली तपाईंहरुको बेईज्जत पौने तिन करोड नेपालीहरुको बीचमा नहोस भन्ने चाहना राख्दछ । यो तपाईंहरुको सन्धि र सम्झौता भारतसँगको राज्नैतीक, आर्थीक अध्ययनले र बीकल्पहरुले आउदो पुस्तालाई सहि गोरेटो देखावोस ।
सबै तस्बिरहरु गुगल सर्चबाट साभार गरिएको हो !

No comments: