Tuesday, August 2, 2016

ईतिहास यस्तो देखिन्छ !

भारतले नेपाल र अन्य छिमेकी मुलुकहरुलाईअप्ठ्यारो पार्दै घाटि न्याक्दै, मान्छे किन्दै, दोब्र्याइ , चेप्ट्याइ नै पारेको देख्यो  ।  मार्च ४ , १८१६ को सुगौली सन्धी, नेपालको भुमी १२०३९४ Sq Km भारतलाई बुझाईयो । जुलाई १३, १९५० को सान्ती र मैत्री सन्धी प्र.म मोहन समसेर र भारतीय राज्दुत चन्द्रेस्वोर नारायण सिंह बीच भएको देखिन्छ । हतीयार पुर्याउने सहमति १९६५ मा अनि अर्को भारत सँग हतीयार किन्नै पर्ने बाध्यता पनि तेर्स्याए ।
१२ फेब्रुवरि १९९६ को एकिकृत महाकाली सन्धी पिभी नर शिंह राव र प्र.म सेर बहादुरले नयाँ दिल्लिमा सम्झौता गरे, त्यहाँ गाठो धारा १२६ ले पार्यो । खोल्ने काम के खाएर गरे अहिलेका ओलि सर्खारले गरे । त्यो त सन १९२० मै डिजाइन गरिएको योजना थियो ।
अप्ठ्यारो पार्दै नेपालको घाटि न्याकेको चै सन १९५० मा जब ब्रिटिशले भारत छोडे त्यो पछी देखिन्छ । नागरीकता ऐन १९५२ ले बसाइ सरि आएका भारतीय नागरिकहरुलाई साह्रै सजिलो किसिमले नागरिकता लिन बनायो, यो भारत कै दबाबमा थियो ।  कोहेन आफ्नो पुस्तक ‘The Cambridge Survey of World Migration‘ मा प्रस्ट लेख्छन ।  जङल फाड्ने, जमीन्दारलाई पैसो/कुत तिर्ने बस्ने काम भयो ।  नागरीकता सजिलै उपलब्ध गराईयो, धेरै भारतीय नेपाल छिरे  । भारतीय भुमीबाट नेपालमा बसाइ सराइ लगातार सन् १९६२ सम्म भयो ।  बि.स.२०१७ साल पौष १ गते स्व.राजा महेन्द्रले पंचायत ब्यबस्था सुरु गरी केही कडा बनाउने काम चै गरे तर नेपालका कांग्रेस पार्टी भारतीय राजनीति, भारतीय जनता र सक्तीसँग अत्यन्त नजिक थिए त्यसैले धेरै राम्रा कामहरुलाई लागु हुन दिएनन ।
यही समयमा स्व.राजा महेन्द्रले पहाडका मानिसहरु लाई खान पायेनौ त्यसैले झोडा फाडेर  बस भन्ने कार्यक्रम ल्याये ।  यही घचर पचर मै सन १९५२ मा भारतीय सैनीक मिसन काठ्मान्दौ छिर्यो जुन भारतीय सुरक्षाका नाम मा आएको थियो , सन १९५४ मा संयुक्त बिदेशी निती अन्तर्गत नेपाली उत्तरी छेत्रमा भारतीय चेक पोस्ट राखिये ।  यो सबै भारतीय सुरक्षा निती अन्तर्गत हुँदै थियो ।  यहाँ घाटि अठ्याउने मन्त्र भारतले the rights of landlocked states to transit amenities and to have access to the sea’ बनाएको थियो  ।  हिजो अस्ती लगाएको नाकाबन्दी भोग्नु भयो होला त्यो पहिला देखिकै योजना एउटा हिस्सा थियो ।
जब दक्षिणी छिमेकी भारतको उत्तरी छिमेकी  चाइना सँगको सन १९६२ को युद्दमा पराजीत भयो, तब छिमेकी  भारतले खिस्रिक्क पर्दै समुन्द्र सम्म नेपाललाई पारबहन सुबिधा दियो तर १९६५ मै उस्का हतीयार किन्नु पर्ने बाध्यात्मक सन्धिमा भने सहि गराई छाड्यो ।  यसै सिलसिलामा सन १९६९ मा भारतले नेपालको उत्तरी सिमामा राखेको आफ्नो चेक् पोस्ट भारतले हटायो ।
सन १९७५ मा दिबंगत राजा स्व. बिरेन्द्रले ‘सान्ती क्षेत्र नेपाल’ घोसित गर्न राखेको प्रस्ताब अस्विकार गर्‍यो  । सन १९८८ मा नेपालले चाइना सँग हतीयार किन्ने सम्झौता गरे  ।  त्यो सम्झौताले गर्दा छिमेकी भारत धुम धाम रिसायो त्यसैको नतिजा मार्च २३, १९८९ ब्यापार र पारबहन सन्धिको म्याद सकिएको बहाना बनाउंदै  तुरुन्तै नाकाबन्दी ठोक्यो र त्यहि नाकाबन्दीको परिणाम हो नेपालमा ३० बर्षे पंचायती शासनको अन्त्य र बि.स. २०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्रको स्थापना ।

No comments: