२५ बर्ष सम्म ऐले भएका सासकहरुले जो जतिसुकै जस्तो सुकै नारा, कार्यक्रम ल्याएपनी यिनिहरुको भित्री रुप दलाल पुजिपतिय र क्रान्त्रिकारी पुजिपतिय देखिन्छ ! राष्ट्रिय पुजिपतिको कुनै अस्तीत्व देखिएन ! उनिहरुकै आर्थीक बिस्लेसन हेर्दा, बेक्ती र पार्टी स्थापना गर्न सामाजीक् बिखन्डन गराउन समुदायको भित्री तह सम्म ( घर परीवार,टोल,छीमेक )पुगेको देखियो जस्मा : धर्म परिवर्तन, कानुनबाट बच्न पार्टीको लेप, जात र जातिय मुद्दा, पहीचान, आफ्नै किसिमको राज्य को पुनर्सम्रचना र सीमान्कन आदी इत्यादी को प्रयोग गरियो र गरिदैछ !
छलफल, सेमीनार,अध्ययन र अनुसन्धान बेगर ठुला शब्दको चयन गरी तेसैको आडम्बरमा हुनेखाने बर्ग कै स्वार्थ पुर्ती गरियो ( मदेशीका नाममा- मदेशका जमीन्दार, ठुला , ठालु माथि नै लगानी गरियो त्यहाँ तल्लो पानी नचल्ने, गरीबलाई भेट्ने कुनै कार्यक्रम नै छैन ) शब्द चयन् जुन गरीबी ले थलियेका, जातीय ग्रुपको लडाईं बाट आजीत भएका अफ्रिकी मुलुकबाट लिने काम गरियो !
आफ्नो परिप्रेक्च्यमा तराइ के हो ? मदेश र मदेशी के हो ? पहाड के हो ? पहाडीया भनेको के हो ? हीमाल के हो, हीमाली भेगमा बस्ने के हो ? जातिय, बसाइ – सराइ, सम्रचना, यिनिहरुको स्थानिय स्तरको बीकास र बाटो – घाटो , प्रबिधी , संचार, उत्पादन ध्यान दियिएन ऐले सम्म कर्डालिमा चामल ओसार्नु राम्रो उडाहरड हो !
मुलत: तात्वीक र टेकियेको भुइ हाम्रो आफ्नै बुझ्नु पहिलो कर्तब्य हो !
भित्र पसेर हेर्दा, यो देशमा आँफैसँग भएको स्रोत र साधन प्रयोग गरेर पुजिको बीकास गर्न र बस्तुस्थिती बिस्लेसन गरेर योजना, कार्यक्रम दिन अर्थ मन्त्री नै जन्मिएन ! सस्थागत बीकाशका अबधारडा, Bottom Up प्लानिङ,बीकास नपुग्ने ठाउलाई Regional planning र ठोस् भौगोलीक बनावट् अनुसार बीकास गर्न पर्ने उत्तर – दक्छिनको रुपरेखा सन १९७०- १९८० कै दसक मै छिरी सकेको प्रस्ट देखिन्छ ! कुनै कतै कसर बाँकी नराखी बिस्व मै सुरु हुनासाथका बीकासका APPROACH नेपालमा पसेको देखिन्छ ! राडा – राजाकाललाई छोडौ , प्रजात्रन्त्रकाकाल भित्र पार्टी हरु स्थापित भये, मुलत उनिहरुको आन्तरीक आचरन बेक्ती प्रसन्सा तिर कार्यक्रम लैजाउ, कसरी हुन्छ पैसो कमाउ भन्ने मात्रै भित्री आसय र कर्म रयो – जस्ले आज बिदेशीहरुको दलाली नगरि बाँच्न नसक्ने अवस्थामा पुगे, आफुलाई नबधनाड्य रुपमा स्थापीत गराउन भरमग्दुर लागेको अवस्था देखिन्छ !
समानुपातीक , समाबेशि र भाग बन्डा जस्ता राज्नैतीक कार्यक्रम ल्याउनुको पछाडि – समाजमा रहेका उपल्लो स्तरिय नबधनाड्यहरु एक्रिक्रित, भेला र साधन र स्रोतमाथि आधिपत्यता, सक्ती बाहीर नजावोस र तल्लो स्तरिय जात – जातीलाई मुक्ती र आर्थिक बीकास गर्दैछौ भन्ने देखाउन मात्रै हो ! यि Strategy त्यसरी तयार छ जस्ले तल्लो बर्गको जात – जातीलाई पटक्कै छुदैन ! यो ऐले मदेश आन्दोलनमा यो काठमान्डौ घेराउमा नेत्रित्व गर्ने बेक्तीहरुको BIO हेर्दा छर्लङ हुन्छ !
हाम्रो मानसीकता बेक्तिले गर्यो भन्नेमा छौ, उस्ले आफ्नो अन्स, अपुताली ल्याएर गरेको होइन यो प्रतेक नेपालीसँग उठाइएको कर, पठायेको रेमीट्यान्सबाट भन्ने सम्म सोच पलाएन ! यो मुलत हाम्रो सीक्छ्या र सीक्च्या निती कै कारडले हो, जस्मा यो सुरुकै अवस्थामा बिदेशिकै लगानी छ ! हामी ऐले पनि हेर्दा Multilateral र Bilateral सहयोग हाम्रा कार्यालयमा स्थापना गरी उही आशा – भरोसे मै बाचेको अबश्ता छ ! हामीसँग आफ्नो र आफ्नोपन ध्वन्स, पुराना राम्रा प्रचलनहरु नस्ट, भाषा, रितिरीवाजहरुको लोप १२५ जात जाती भीत्र प्रतेक बर्ग, तप्का, भित्र दिन प्रतिदिन सोही गर्न अग्रसरता हुनुको मुक्य तया नबधनाड्यहरुको पुन दरो स्थापित हुन र गर्न गराउन गरिएको अभ्यास हो !
जुन धेरै हद सम्म सफलता प्राप्त गरिसकिएको अवस्था छ ! बिदेशिको जल स्वार्थ, नबधनाड्यहरुको आन्तरीक दन्द, जुगाको लडाईं नै ऐले को सीमान्कनको लडाईं हो ! यो झापा, मोरङ , कैलाली र कंचनपुरमा बस्नेको आवश्यकता देखिदैन, त्यहाँ बसोबास गर्नेको समस्या बेरोज्गारी, दाल – भात र डुकुको समस्या हो ! सीमान्कन गर्दा त्यहाँको स्थानिय आवश्यकतामा हुनुपर्ने ४ नबधनाड्यको आबस्यकता भएको देखिन्छ ! ऐले, प्रतेक दलाल पुजिपती र क्रान्तिकारी दलाल पुजिपतिको मुल चुरो कुरो अब देश आर्थीक बीकास तिर दौडाउनु पर्छ भनेर कराएको सुन्नु भएको होला !
उनिहरुको मानसिकतामा फेरी राज्यको पुनर्सम्रचना स्वार्थ अनुकुल गरी सक्यौ, अब तेस्लाई मुल टेवा दिन अर्थ चाहिन्छ भनेर नै त्यो फलाकेका छन जस भित्र उनिहरुको भित्री स्वार्थ लुकेको छ ! साथै अल्मल्याउन र ठग्न र उन्का हुक्के हनुमान परिचालन् गर्नपर्ने अवस्था सिर्जित भएको छ ! मुलत: यो बिस्व ब्यापी Globalization /Liberalism भित्रका अभ्यासहरु हुन !
एस भित्र: सक्तीको पुन स्थापना (RESTORATION OF CLASS POWER) र पुजी सन्कलन गर्न ४ गुरु मन्त्र प्रयोग गरिएका छन :
एस भित्र: सक्तीको पुन स्थापना (RESTORATION OF CLASS POWER) र पुजी सन्कलन गर्न ४ गुरु मन्त्र प्रयोग गरिएका छन :
१. Privatization ( गरी सके २६ – २८ उध्योग बेचेर खाइ सके )
२.Financialization रेगुलेसन नभएको देख्दै हुनुहुन्छ, पद्दती भन्दा बेक्ती र कृयाकलापमा जोड दिएको भोली कै बजेटमा देख्नु हुनेछ, अर्थ मन्त्रालयले चैत र वैशाखमा पाँच अर्ब ७० करोड ७४ लाख रुपैयाँ रकमान्तर गरेको छ(नया पत्रीका, २७ मे २०१६ )
३.The management and manipulation of crises (आफ्नै डम्फुको सङियता, भारतीय नाकाबन्दी, मदेशी आन्दोलन)
४.State redistributions ( प्रदेश केन्द्र कता राख्ने, सस्थाहरु कता राख्ने, स्वार्थ अनुसार निती र स्थानिय नीकायको अध्ययन गर्ने भनेर आयोग कि के बनाइ – नेपालीलाई घास हाल्न थालएे सके )प्रस्ट हुनुहोस् !
एही Liberalism लाई राम्रा सासकहरुले दृष्टि, बिबेक, इमान्दारिता प्रयोग गरी देश समुनत बनाउने काम पनि गरे, जस्तै सिङापुर , इन्डोनेसीया आदी हुन ! हाम्रो चै अवस्था भिन्न नै छ ! हामी कठिन् र जतील अवस्थामा छौ ! हाम्रो त सरखार नै तेस्रो सक्ती चलाऊछ !मन्त्री देखी सरखारी जिम्मेदार बेक्तिहरु तनखा थाप्ने, कमिसन बटुल्ने र भेटेसम्म भ्रस्ट्राचार गर्न बसेका हुन ! प्रस्ट देखिन्छ ! अब, तपाईं हामी प्रतेक जात जाती, भाषा भासी साना मसिना कुरोमा नभुली- सहभागिता,इमान्दारिता, पारदर्सीता, दृष्टि, बीबेक र बुद्दी प्रयोग गर्दै आँफै र आफ्नोपनको मुल्य,मान्यता माथि बीश्वास गर्दै यिन्का बीरुद्द एक जुट हुनु अत्याबस्यक भैसकेको छ ! खुला दिलले कमेन्ट गर्नोस ! हार्दिक स्वागत गर्छ भैरे !
१४ जेष्ठ २०७३
No comments:
Post a Comment