Tuesday, August 2, 2016

फास्ट ट्रयाक नेपालले नै बनाउनु उतम देखिन्छ किन ?

फास्ट ट्रयाकको सामाजिक ,आर्थिक र वातावरणीय असर कस्तो छ ?  मूल धरातल हाम्रो कता ?
फास्ट ट्रयाकमा धेरैले एशियाली बिकाश बैककै रिपोर्ट हेर्ने हो ! जतिसुकै फुर्ती लगाए  पनि पत्रपत्रिकामा  गफ दिए  पनि !
– मुलत सरकार-निजि साझेदारी (Public Private Partnership) र  बुट (Build,Operate and Transfer ) प्रणाली को  सिद्धान्तमा आधारित भएर बनाउन लागेको देखिन्छ |
– भैरेले आफ्नो बिषय बस्तु समाउदा खेरी यो एशियाली बिकाश बैकको TA को अध्ययनको जाने बाटो पहिले नै सरकार-निजि साझेदारीको अवधारणाबाट अध्ययन गर्ने एशियाली बिकाश बैकले प्रष्ट  पारेको छ ! अब, नेपालको सन्दर्भमा  सरकार-निजि साझेदारी सम्बन्धि आधारभुत अध्ययन के के भएको छ, त्यसको बास्तबीकता के छ ?
दोस्रो भैरे यहाँबाट हेर्छ : सम्भावित असर , नतिजा र  उत्पादनबारे जुन प्रत्येक नेपालीको सरोकारको बिषय बस्तु हो |
– प्रष्ट  लेख्छ रिपोर्ट:- यसले प्राइभेट सेक्टरको लगानी, बनाउने र मर्मत सम्भार गर्ने क्षमता र दक्षता बढाउछ ! कुरो आयो अब प्राइभेट सेक्टरबाट लगानी गर्न को आउछ ? उसलाई नाफा भए  आउछ, घाटामा कोही काम गर्दैन ! उसलाई नाफा कसरी हुन्छ ? यहाँ सरकारको जबाफदेहिता के हुन्छ ? उसको पैसो कसरी उठ्छ ?
– एसियाली बिकाश बैक प्रष्ट  बोल्छ ”सरकार-निजि साझेदारीअवधारणा  मुताबिक सडक क्षेत्रमा काम गरिएको छैन , तेस्को अनुभब हासिल गरिन्छ !”
यि सबै कुरो पढ्दा, यो नेताजी नै सडकपेटी ठेकेदारीमा अाइपुगेको देख्दा जसले फास्ट ट्रयाकको निर्माणमा  ‘असर , नतिजा र  उत्पादन( Impact,Outcomes,Output )” राम्रो देखिदैन !
– कति गाडी हिड्छन यो बाटो ? कति  प्लेन आउछन निजगढ  ? कति उद्योग धन्दा खोलिन्छन यो क्षेत्रमा  ? के के आधार छन पर्यटक र पर्यटन क्षेतमा  ? यो भुकम्प आउने, डन्डिफोर जस्ता र प्रदेशलाई अधिकार दिन खोजिरहेको अवस्थामा यो राजधानीको के महत्व ?
सामान्य, ऐले हामी आँफैले, बनाउनु उपयुक्त देख्यो भैरेले !
५ जेष्ठ २०७३

No comments: