हामी अहिले
भूमण्डलीकरण,
विश्वव्यापी
प्रवाह (ग्लोबल फ्लो) र नवउदारवादी अर्थ–राजनीतिक नीतिहरूका नकारात्मक प्रभाव झेल्ने चरणमा पुगेका छौं । यसको
विकृतिस्वरूप नवधनाढ्यहरू,
नयाँ
आफूनिहित पुँजीपतिहरूको संख्या बढ्दो छ, जसले राजनीतिक परिवर्तनका नाममा राज्यको पुनर्संरचनामा भूमिका खेल्ने, सामाजिक संरचना भत्काउने र त्यसलाई
प्रोत्साहित गर्ने,
पुँजी एकीकृत
गरी संकलन गर्न राज्यभरि पासो थाप्ने, हरेक सामाजिक र विकाससम्बन्धी कार्यमा कमिसन र भ्रष्टाचार गर्ने, नीतिबाट राज्य सञ्चालन होइन, क्रियाकलापबाट आर्थिक र मौद्रिक नीति सञ्चालन
गर्ने,
हातमा रहेको
शक्ति प्रयोग गरी निर्धा,
निमुखा र
सिर्जनात्मक सोचको दमन गर्ने काम गरिरहेको छ । यो वर्गले उत्तर आधुनिकतावादको
नाममा अर्थतन्त्रलाई अझ बढी विकृत बनाउने काम गरिरहेको छ । गान्धीवादी राजनीतिले
मुखमा माड लाग्दैन,
सुखसयल
प्राप्त हुँदैन भन्ने यो पद्धतिभित्र राजनीति गर्नेहरूले सबै तहका एक्टरहरू
(स्थानीय,
राष्ट्रिय, क्षेत्रीय वा विश्वव्यापी) लाई चिनेको हुन्छ, र यिनीहरूको चारित्रिक र विशिष्ट चाख अर्थतिर
रहन्छ । यो पद्धतिभित्र यसका एक्सरहरूले खुला अर्थनीतिभित्रको बजारलाई खुला छाडेको
नाटक गर्दै आफंै कालोबजारीमा संलग्न रहन्छ । आमनागरिकमा भ्रम छर्न साह्रै धूर्त
तरिकाले तथ्यांकहरूको तोडमरोड गर्छ । यो पद्धतिभित्र रहेका खेलाडी वा राज्य
सञ्चालकहरू विदेशीप्रति,
तिनले
ल्याएका नीति तथा कार्यक्रमप्रति सबैभन्दा पहिला अर्थ हेरी सहयोग माग्न लालायित
रहन्छन् । यी तथ्य सूचक (इन्डिकेटर) हरूका आधारमा मापन गर्न सकिन्छ ।
यसले
द्वन्द्वात्मक भौतिकवादको चुरो पनि छोड्छ भने प्रजातान्त्रिक पद्धतिको मूलधारलाई
पनि पूर्ण रूपमा कहिल्यै आत्मसात् गर्दैन । यो समयअनुसार स्वार्थअनुकूलको
पुँजीपतीय पद्धतिको विकासको चरण हो । धेरैले नेपाल विफल राष्ट्रमा परिणत भएको वा
बनाना रिपब्लिक वनको बताए पनि यो विफल राष्ट्रको सूचक होइन, खोक्रो राष्ट्र बन्दै गएको संकेत भने हो ।
हामी र हाम्रो परिवेश
अब हामी स्वस्थ, सुखी, आरामदायी जिन्दगी, सिर्जनशील सोच, आधुनिक प्रविधि र स्थायी समाजतिर बदलिँदो अवस्थामा छौं । प्रायः नेपालीहरू ठाउँ, पहिचान र सुखसयल खोज्दो अवस्थामा छन् । हामीले आज मानिस र ठाउँ, सामाजिक अनुभव र सम्बन्धहरूबीच भइरहेको अन्तर्क्रिया, तर परिरहेका, तैरिरहेका र थेग्रिएकाका संस्कृति, रीतिरिवाज, चाहना र आवश्यकता समात्नुबाहेक हामीसँग विकल्प छैन ! जसलाई मथ्ने काम भूमण्डलीकरणको अवधारणाले अघि सारिदिएको छ ।
अब हामी स्वस्थ, सुखी, आरामदायी जिन्दगी, सिर्जनशील सोच, आधुनिक प्रविधि र स्थायी समाजतिर बदलिँदो अवस्थामा छौं । प्रायः नेपालीहरू ठाउँ, पहिचान र सुखसयल खोज्दो अवस्थामा छन् । हामीले आज मानिस र ठाउँ, सामाजिक अनुभव र सम्बन्धहरूबीच भइरहेको अन्तर्क्रिया, तर परिरहेका, तैरिरहेका र थेग्रिएकाका संस्कृति, रीतिरिवाज, चाहना र आवश्यकता समात्नुबाहेक हामीसँग विकल्प छैन ! जसलाई मथ्ने काम भूमण्डलीकरणको अवधारणाले अघि सारिदिएको छ ।
प्रजातान्त्रिक
परिपाटीभित्र रहने हो भने भाग्ने ठाउँ छैन । यो ग्रामीण समुदायदेखि सहरी
समुदायभित्र परिवर्तनका यी रूपरेखा प्रस्ट देखिन्छन् । विश्वमै सबैभन्दा ठूलो
मानवका लागि महत्वपूर्ण सामाजिक सुरक्षा हुँदो रहेछ । प्रस्ट हाम्रो
परिप्रेक्ष्यमा माओवादी द्वन्द्वकालमा देखियो, आममानिस श्रीमती र छोराछोरी टिपेर गाउँबाट सहर पस्ने क्रम देखियो ! हाम्रो
समाजमा सामाजिक सुरक्षाको सवालसँगै संस्थागत निकटता, भौगोलिक निकटता,
सांस्कृतिक
भुगोल,
टार, गरा र धान खेत तथा त्यसमाथि हाम्रो आर्थिक र
सामाजिक क्रियाकलापबारे अध्ययनको विषयवस्तु बनाउने बेला भइसकेको छ । जेजति समस्या
राजनीतिक व्यापारीकरणबाट देखिएका छन्; तिनको उचित समाधानका लागि वातावरणीय समाजशास्त्रमा आधारित रही, स्थानीयतामा आधारित विकासका पूर्वाधारको
विकास गर्ने बेला भइसकेको छ ।
हामी १९४०
को दशकतिर केनिसियन कल्याणकारी राज्यले चलाउने बजार व्यवस्थाकोे राजनीतिक
अर्थशास्त्रीय अवस्थामा थियौं भने अहिले हामी ‘सम्फटेरियन वृद्धि र वृद्धिमुखी नीति’ निर्माणको अवस्थामा छौं । जहाँ आफैं बजारको नियमन हुने व्यवस्था हाबी
हुनुपर्ने हो,
तर विडम्बना
हामी अहिले हामी कालो बजारियाको चंगुलभित्र छट्पटाइरहेका छौं । विकासका मोडलहरूको
कुरा गर्दा राष्ट्रिय अर्थव्यवस्थाको व्यवस्थापन गर्न लागेको भारत, आज प्रत्येक विश्वबजारमा आफ्नो सबल उपस्थिति
देखाउँदैछ । हामीले आफ्नै स्रोत र साधन र स्थापित बजारलाई पनि व्यवस्थापन गर्न
सकेनौं,
तयारी कपडा, रेसमी साल चौपट पारेर छोड्यौं ।
हामीले कुनै
स्थान विशेष समस्या पहिचानका कुरा गर्दा राम्रो जीवनका लागि चारैतिर नजर
लगाउनुपर्छ,
किनकि यो १
सय २६ जातजाति,
विभिन्न
धर्मभित्र बाँधिएर कोही धेरै र कोही थोरै जनसंख्या रहेको फूलबारी हो । यहाँ सबै
भाषाको संरक्षण,
अनुसन्धान र
संवद्र्धन हुनु जरुरी छ । यो नेपाल राष्ट्रको सम्पत्ति हो । यहाँ मूलत हामी हाम्रो
समाजभित्र पसेका छैनौं,
यहाँ विदेशी
दातृ संस्थाका उद्देश्यअनुरूप केही अनुसन्धानका काम भएका छन् । हाम्रो समाज, धर्म, हाम्रा मूल्यमान्यता,
हाम्रा
संस्कृति र रीतिरिवाजबारे कुन राम्रा कुन नराम्रा, किन राम्रो किन नराम्रो भन्ने विषयमा कुनै अध्ययन भएको देखिएन । सामाजिक
सम्पत्तिको लाभ उठाउनुभन्दा प्रजातान्त्रिक समाजवाद, माक्र्सवाद,
माओवादजस्ता
अमूर्त र आमनेपालीले नबुझ्ने राजनीतिक वादहरू लादेर हाम्रो संस्कृति, एकता र हाम्रा सांस्कृतिक धरोहर, नेपाली पुँजीलाई भत्काउन, आपसी सद्भाव बिगार्न सिकायौं ।
वास्तविक
तहमा राज्यको पुनर्संंरचना गर्दा, हाम्रो सांस्कृतिक संरचना, जनसंख्या,
जातजाति
बाँधिएका रेसाहरू,
उमेरगत
जनसांख्यिक लाभको बाँडफाँड,
शिक्षा, सञ्चार र प्रविधिले हरेक पल बदलिइरहेका
समाजको परिवर्तित रूपलाई समात्नु आवश्यक छ । हामी यस्तो सामाजिक परिवर्तनका चरणमा
छौं,
जहाँ
गाउँबाट सहर बन्ने मात्र होइन, ऐतिहासिक आधार,
विचार आदि
सबै पक्षमा धेरै परिवर्तनको बाटोमा छौं । हाम्रो आफ्नो घरभित्रको परिवेशमा समेत
परिवर्तन आइसकेको अवस्था छ ।
राज्यको
पुनर्संचरना गर्दा हामीले (प्रत्येक जातजाति, धर्मावलम्बी,
तराई, पहाड र हिमाली क्षेत्रका नेपालीहरूले) भुल्नै
नहुने तथ्य भनेको आफ्नो आधारभूत धरातल नै हो, जुन भूमिमा हाम्रा सामाजिक सम्बन्धहरू गाँसिएर मानिस–मानिसबीच र ठाउँ–ठाउँबीचबाट यो अवस्थामा आइपुगेको छ ।
स्थानविशेषले हाम्रो पहिचानको आधारभूत धरातल तयार गर्छ । एक व्यक्ति वा एउटा
समुदायको कथा,
स्थानीय
स्तरमा रहेको संस्कृति,
रीतिरिवाज, त्यहाँको ढुंगा, माटो, कला,
भाषाले तयार
गर्छ ।
त्यसैले हामी कसैको विचारको बहकाउमा आएर होइन, हाम्रो आर्थिक, सामाजिक परिवेशलाई बुझेर, विश्लेषण गरेर, समयगत रूपमा सोचेर मात्र राज्य पुनर्संरचनासम्बन्धी निर्णय लिनुपर्छ । राजनीतिज्ञ हुँ भन्नेले यो कुरा स्विकार्नैपर्छ ! सत्य, तथ्य, अनुसन्धान भएका, हिजो इतिहासबाट प्रमाणित तथ्यमा ध्यान दिनुपर्छ । यसबाट मात्र साँचो परिवर्तन सम्भव छ ।
त्यसैले हामी कसैको विचारको बहकाउमा आएर होइन, हाम्रो आर्थिक, सामाजिक परिवेशलाई बुझेर, विश्लेषण गरेर, समयगत रूपमा सोचेर मात्र राज्य पुनर्संरचनासम्बन्धी निर्णय लिनुपर्छ । राजनीतिज्ञ हुँ भन्नेले यो कुरा स्विकार्नैपर्छ ! सत्य, तथ्य, अनुसन्धान भएका, हिजो इतिहासबाट प्रमाणित तथ्यमा ध्यान दिनुपर्छ । यसबाट मात्र साँचो परिवर्तन सम्भव छ ।
आफ्नो
परिप्रेक्ष्यमा तराई के हो ? मधेस र मधेसी के हो ?
पहाड के हो ? पहाडिया भनेको के हो ? हिमाल के हो, हिमाली भेगमा बस्ने के हो ? जातीय,
बसाइँसराइ, संरचना, यिनीहरूको स्थानीय स्तरको विकास र बाटोघाटो, प्रविधि,
सञ्चार, उत्पादन ध्यान दिइएन । अहिलेसम्म कर्णालीमा
चामल ओसार्नु राम्रो नीतिगत पथभ्रष्टताको उदाहरण हो । अबको पुनर्संरचना गर्दा
स्थानीयताको आवश्यकताको आधारलाई अगाडि बढाउनैपर्छ ।
प्रजातान्त्रिक
मूल्य र मान्यतालाई कायम राख्दै विश्वव्यापीकरणको प्रवाह समातेर; अन्य देशका शासकहरूले प्रस्ट दृष्टिकोण, विवेक, इमानदारिता प्रयोग गरी देश सम्मुनत बनाउने काम पनि गरे । हाम्रो अवस्था
अहिलेसम्म भिन्न नै छ ! हामी कठिन र जटिल अवस्थामा छौं ! प्रस्ट देखिन्छ ! अब
तपाईं–हामी प्रत्येक जातजाति, भाषाभाषी साना मसिना कुरामा नभुली सहभागिता, इमानदारिता, पारदर्शिता,
दृष्टि, विवेक र बुद्धि प्रयोग गर्दै आफंै र
आफ्नोपनको मूल्य,
मान्यतामाथि
विश्वास गर्दै एकजुट हुनु अत्यावश्यक भइसकेको छ ।
- See more at:
http://np.karobardaily.com/2016/06/88716/#sthash.cK54BmAE.dpuf
No comments:
Post a Comment