Tuesday, August 2, 2016

भैरेको देब्रे आखो ! ” हामी भित्र के छ त ? “

अब हामी, स्वस्थ उमेर, आरामदायी जिन्दगी, सिर्जन्सील सोच, आधुनीक प्रबिधी र स्थाइ समाज तिर बदलीदो अवस्थामा छौ ! नेपालीहरु ठाउँ, पहीचान र सुख – सयल खोज्दो अवस्थामा छ ! हामीले आज मानीश र ठाउँ ( PLACE), सामाजिक अनुभब र सम्बन्धहरु बीच भैरहेको अन्तर्कृया, तर परिरहेका, तैरिरहेका र थेग्रिएकाका सस्क्रिती, रितिरिवाज र चाहना र आवश्यकता समात्नु बाहेक हामीसँग बिकल्प छैन ! जस्लाई मथ्ने काम Globalization को अबधारणाले अगी सारीदिएको छ ! प्रजात्रान्त्रीक परीपाटि भित्र रहने हो भने भाग्ने ठाउँ छैन ! यो ग्रामिड समुदाय देखी शहरी समुदाय भित्र परिवर्तनका यि रुप रेखा प्रस्ट देखीन्छन ! Institutional Proximity , Geographical proximity , सास्कृतिक भुगोल, टार , गरा र धान खेत र तेस्मा हाम्रो आर्थिक र सामाजिक कृयाकलापबारे अध्ययनको बीसय बस्तु बनाउने बेला भैसकेको छ ! जे जती समस्या राजनीतिक ब्यापारिकरनबाट देखिएका छन; उचीत समाधानको लागि बाताबरडिय समाज शास्त्र, स्थानीयता,Location-Based बीकासका पुर्वाधारहरु, इमान्दारिता, नैतीकता, दृष्‍टि माथि हामी हाबी हुने बेला भै नै सकेको छ !
हामीले कुनै Place का समस्याहरु, पहीचान र राम्रो जीवनका लागि चारैतिर नजर लगाउनु पर्दछ, किनकी यो १२६ जात जाती, बीभीन्न धर्म भित्र बाधियेर कोही धेरै र कोही थोरै जनसख्या रहेको फुलबारी हो ! यहाँ मुलत हामी हाम्रो समाज भित्र पसेका छैनउ, पसे राजनैतीक ब्यापारिहरुलाई पुर्डतया घाटा हुने भएकाले पस्न दिदैनन त्यो बाटो देखाउदैनन ! ” मदेश ” शब्द लिएका छन तर त्यो भित्रका जात जाती, रिती रीवाज, पछी परेको जात, सस्क्रिती बारे कोही बोल्दैन ! उ मदेश र मदेशी शब्द बेचेर स्रोत र साधन आफ्नो भागमा, कुर्शी र पद सधैं आफ्नै बर्ग भित्र पारी सामन्ती सस्कार बाट बाहिर फुत्कन नदिने प्रयत्न मै छ ! तेस्तै, अलिकती Advanced तरिकाको कृयाकलाप देखाएर पहाडमा बसोबास गर्नेलाई पनि पछी पारीएको अवस्था देखीन्छ !
बास्तबीक, राज्यको पुनर्सम्रचना गर्दा हामीले सम्रचना ( जनसंख्या ), जात जाती बाधियेका रेशाहरु, उमेर, सिर्जन्सिलता र समाजका परिवर्तित् रुपहरु जस्लाई संचार, सिक्छ्या र प्रबीधिले प्रती सेकेन्ड बदलिरहेका छन त्यो समात्नु (Time Framing) अत्याबस्यक छ !
Place,Space र Time माथि हाम्रो सामाजिक र आर्थिक गतिबिधी गर्दा हामी Rural transformation; Historical landscape र Perception (बिचार – सोच) बदलिदो अवस्था मा छौ ! हाम्रो आफ्नो घर भित्रको परीबेश् ( सदस्यता, बिहे गर्ने उमेर, सन्तान जन्माउने मान्यता, खाना खाने प्रचलन देखी हाथ चुठ्ने तरीका ) सम्मा परिवर्तन अाइसकेको अवस्था छ ! कुनै पनि छेत्रमा रोजगारीका अबसर, स्रोत र साधन हामी माथि हामी गहिरो रुचिपुर्वक सम्भ्याब्यता खोजिनिधी गर्न हिच्कीचाउनु; हामी माथि एही ०४६ पछी बाटो देखाउनेहरुको भ्रस्ट्र चरीत्र नै हाबी छ ! पुरै पुरानो कर्मचारीतन्त्रले आधारभुत आधारहरु दिएर यो सम्रचनाहरुको सम्रक्छ्यन् र बीक्रिती र नयाँ नयाँ ढाट्ने प्रब्रिती हरुको बीकास गर्दै लगेको छ ! आर्थीक र सामाजीक् पृष्‍ठ भुमी र बीदेशी आदेशले राजनैतीक नारा, निती, रुपरेखा राज्नैतीक ब्यापारिहरुको लागि तयार गरिदिदो छ, तेसैको प्रतिफल संघियता, सीमान्कन आदी इत्यादी आउँदा छन !
हामीले भुल्न हुँदैन, आफ्ना आधारभुत धरातलहरु जुन भुमीमा हाम्रा सामाजीक् सम्बन्धहरु मानिस बिच र Place बीचबाट यो अवस्थामा अाइपुगेको छ ! PLACE ले हाम्रो पहीचानको आधारभुत धरातल तयार गर्दछ ! एक बेक्ती वा एउटा समुदायको कथा, स्थानिय स्तरमा रहेको सस्क्रिती, रिती रीवाज, त्यहाँको ढुङ्गा , माटो , कला, भाषा ले तयार गर्दछ ! हामी, पथ भ्रस्ट भएका छौ ! आफ्नै आस्था, भुमी र बीश्वास गुमाएका सपनाको खेतिमा कुद्ने मनुवा बनाइएका छौ वा बनेका छौ ! ऐले हामीले अब, सोचाइ, मानसीकता,Self-Awareness , SPACE FRAMING र TIME FRAMING का आधारमा बदल्नु जरुरी देख्छ यो भैरे !
राज्नीतिग्य हुँ भन्नेले यो कुराहरु स्वीकार्नै पर्दछ !सत्य, तत्थ्य, अनुसन्धान भएका,हिजो इतीहासबाट प्रमाडीतकुरा तिर ध्यान दिन जरुरी देख्दछ ! चार चौरास गफले, आउँदा दिन चीउरा चपीने वाला छैन !Facebook का साथीहरु; तपाईंलाई कस्तो लाग्छ ?
१२ जेष्ठ २०७३

No comments: